महालेखा परीक्षकको प्रतिबेदन सार्वजनिक,४ खर्ब १८ अर्ब ८५ करोड पुग्यो बेरुजु ।

0
765

आर्थिक वर्ष २०७६र७७सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । तर, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ ।महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोड रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५र७६सम्म बेरुजु रकम ४ अर्ब १८ अर्ब ३२ करोड रूपैयाँ थियो ।आर्थिक वर्ष २०७६र७७ मा १ खर्ब ४ अर्ब ३८ करोड रूपैयाँ बेरुजु थप भएको छ भने आर्थिक वर्ष २०७५र७६सम्मको बेरुजुबाट एक खर्ब ३ अर्ब ८५ करोड रूपैयाँ घटेको छ ।महालेखा परीक्षकको कार्यालयले वाषिर्क प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो । यो पटक संघ, प्रदेश, स्थानीय तह, संगठित संस्थ, समिति र अन्य संस्था समेतको गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रूपैयाँको लेखा परीक्षण भएको छ ।

कक्षा १२को परिक्षा,तत्काल ब्यबस्था मिलाउन निर्देशन । संसदको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् । कक्षा १२ को परीक्षा स्थगितलाई समितिले अस्वभाविक रुपमा लिएको सभापति घर्तीले बताइन् । उनले अगाडि भनिन्, ‘बिना विकल्प दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित गरियो । अब छिटो परीक्षा गरेर निकास दिन अनुरोध गर्छु ।