जनैका १० फाईदा,ह्दयघात देखि सपनामा देखिने भुत प्रेत र ऐठन भगाउने औषधि ।

0
798

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ । के के कारणले जनै लगाउनाले मानिसको स्वास्थ्यलाई सकरात्मक प्रभाव पार्छ त ?

यसले हृदय रोगको सम्भावनालाई कम गर्छ । चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ । निन्द्रामा भुत प्रेत आदिबाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ ।
काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ । यो रेखा दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ । जसको कारण काम क्रोधमा नियन्त्रण राख्न सजिलो हुने विश्वास गरिन्छ ।
जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् ।

जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन विहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरु गरिन्छ ।

स्वीट्जरल्यान्डका स्थायी बासिन्दा ‘रुडोल्फ होगर’ले हिन्दू धर्मावलम्बी तागाधारीहरुले लगाउने जनै र यसको ऐतिहासिक पक्षलाई समेटेर ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । पुस्तकमा जनै, यसको धार्मिक एवं ऐतिहासिक महत्व र आधुनिक समाजमा मानिसको मनोवैज्ञानिक पक्षलाई पार्ने सकारात्मक प्रभावलगायतका विषयहरुलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । होगर’ले जनैलाई दी पावर अफ ट्रीनिटी को रुपमा व्याख्या गरेका छन् । मन्त्रेको जनै ६ वटा काँचो धागो ९६ सूते धागो० लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।