शिर्ष नेताको आत्मालाई पिण्डदान दिदै बिरोध प्रदर्शन

0
709

खग प्रसाद चापागाई
कपिलवस्तु, १३ भदौ
१६ बुदे सहमतीको बिरोध र संघियताको सिमाङ्कन र नामाङ्कनको माग सहित शान्तिपुर्ण बिरोधमा उत्रिएको संघिय मधेसी मोर्चा कपिलवस्तुका नेता तथा कार्यकर्ताले आन्दोलनमा नौला नौला शैली अपनाएर कार्यक्रम गर्दै आएका छन ।

khaga g

आन्दोलनरत मोर्चाले आज सदरमुकाम तौलिहवामा सिटी जुलुस गर्दै प्रधानमन्त्री, गृहमन्त्री र एमाले अध्यक्ष केपी ओलीका नाममा बिधीपुर्वक पिण्डदान गरि ब्रहमभोजको आयोजना गरेका छन । जिल्ला प्रशासनचोकको निषेधित क्षेत्र नजिक मोर्चाका कार्यकर्ता कपिलवस्तु नगरपालिका १६ गोटिहवाका ६१ बर्षिय शिवशंकर ठाकुरले केश मुन्डन गरि सडकमै धार्मिक रितीपुर्वक पिण्डदान गरेका थिए ।

उनलाई गौरी गाबिस ७ का ब्राहमण रामदेब मिश्रले धार्मिक रिती अनुरुप उल्टो मन्त्र उच्चारण गरि पिण्डदान, गोदान, सुनदान, भुमीदान, बस्त्र दक्षिणा र पितृदक्षिणा गराएका थिए । सो अवसरमा सो अवसरमा २४ ब्राहमण र मोर्चा कार्यकताहरुका लागी ब्रहमभोजको आयोजना गरि दहि र च्युरा खुवाएर दक्षिणा समेत दिईएको थियो । मधेसका माग सम्बोधन गर्न नसक्ने नेताहरुको अशान्त आत्माको शान्तिका लागी आफुले केशमुन्डन गरि पिण्डदान दिएको मोर्चाका कार्यकर्ता शिवशंकर ठाकुरले बताए ।