मंगलबार मध्यराती देखि लागुहुने गरि नेपाल आयल निगमले गरेको मुल्य बृद्धिको चौतफी बिरोध सुरु भएको छ । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको भातृ संगठन अनेरास्ववियुले बिज्ञप्ती निकालेर जनता माथि थोपरिएको मुल्य बृद्धि तत्काल फिर्ता दिन सरकारसँग माग गरेका छ । देउवा सरकार बने पछि १ रुपैया मुल्य घटाएर जनतालाई राहत दिएको दावी गर्ने आयल निगमले प्रेट्रोल डिजल,मटिट्तेलमा २ रुपैयाँ बृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाका दरले मुल्य बढाएको छ ।
कोभिड महामारीबाट पिडीत आम नागरिकलाई राहत दिनुपर्नेमा उल्टै मुल्य बृद्धिको भारी बोकाउने काम जन विरोधी भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल द्धारा जारी बिज्ञप्तीमा जनताको बाँचन पाउने हक ग्यारेन्टी गर्न कोभिड बिरुद्धको खोप पनि निदने उल्टै सत्ता टिकाउन मुल्य बृद्धि गरिरहेने भन्दै तत्का मुल्य बृद्धि फिर्ता लिन माग गरेको छ । आफुहरुको शान्तीपुर्ण आग्रहलाई अस्विकार गरिए सडक संघर्षमा उत्रिन बाध्य हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।