नेविसंघले गर्यो मृल्यबृद्धिको विरोध, निगमका कारण बद्नाम बन्दै देउवा सरकार ।

0
480

नेपाली काँग्रेसको भार्तसंगठन नेपाल बिद्यार्थीसंघले मृल्य बृद्धिको बिरोध गरेको छ । महामन्त्री बलदेव तिमल्सेनाले सामासजक सञ्जाल मार्फत महामन्त्रीको हैसियतमा बिरोध जनाएका छन् । आफ्नै पार्टीका सभापति प्रधानमन्त्री भएको समयमा भएको मुल्य बृद्धिको बिरोध गर्दै महामन्त्री तिमल्सेनाले फेसबुकमा यस्तो लेखेका छन् कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दछु।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टितेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एल पि ग्यासमा २५ रुपैयाँ वृद्धि गरि १,४५० कायम भएबाट पुन सबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित छ । आहतमा परेका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ ।

स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण,संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग,अनावश्यक कर हरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटकपटक गरिएको मुल्यबृद्धि जनबिरोधी कार्य भएको हाम्रो ठहर छ।
अत्यावश्यकिय उपभोग्य बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको अबस्थामा सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु ।