नेपाली काँग्रेसका युवा नेता गगन थापाले सभापति शेर बहादुर देउवा स्वेच्छाचारी ढंगले अगाडी बढेको आरोप लगाएका छन् । पार्टी कार्यालयमा असन्तुष्ट पार्टी सभापतिहरुको धर्ना कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले काँग्रेसको इतिहासमा कुनै पनि सभापतिले नगरेको काम गरेर देउवाले पार्टी सिध्याउन खोजेको आरोप लगाए । उनले कृयासिल सदस्यता बिवादको समाधान कसले कहाँ कसरी गर्यो आफुहरुलाई कुनै जानकारी नभएको भन्दै हिजो भएको भनिएको सहमती आफुहरुलाई मान्य नभएको प्रतिकृया दिए ।
पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै नेता थापाले वडा देखि गाऊँ कमिटीहरु कब्जा गर्ने नियतका साथ आफु निकटलाई कृयाशिल सदस्यता बाँडेको भन्दै आपत्ती जनाएका हुन् । थापाले महाधिबेशनको सम्मुखमा कृयासिल सदस्यता वितरण गर्नु संकास्पद भएको भन्दै त्यसलाई पुर्णरुपमा खारेज गर्नु पर्ने बताए । कार्यक्रममा काँग्रेस नेता अर्जुननरसिंह केसीले पाटी बिधि बिधान अनुसार चल्नु पर्नेमा ब्यक्तिको संकुचित उद्धेश्य पुरा गर्ने नियतबाट चलेको बताउँदै बिरोध गरे । केसीले सभापति देउवा पार्टी बलियो बनाएर कम्युनिष्टसँग लड्ने भन्दा आफ्नै घरमा आगो लगाउने अभिष्ठ बोकेर अगाडी बढेको आरोप लगाए । काँग्रेस मुख्यालयमा गगन थापाले दिएको अभिब्यक्ति भिडियोमा हेर्न सक्नुहुने छ ।