काठमाडौं उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै उपत्यकाकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । काठमाडौंमा निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कडा निषेधाज्ञा हुन सक्ने सुचना जारी गरेको छ । मंगलबार जनचेतना मुलक सन्देश जारी गर्दै मन्त्रालयले कोरोना संक्रमण केही घटे पनि संक्रमण दर स्थिर भएकोले साबधानी अपनाउन अनुरोध गरेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै भिडभाड गर्ने,स्वास्थ्य मापदण्ड पालना नगर्ने,चाड पर्वको बाहानमा भिडभाड गर्ने जस्ता संक्रमण फैलाउने काम भएकोले जोखिम बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।
यस्ता गतिबिधिले कोरोना संक्रमणको दर बढाउने र कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थाको सृजना गराउने हुँदा त्यस्ता कार्य नगर्न मन्त्रालयले नागरिकलाई आग्रह गरेको हो । सामाजिक दुरी कायम गर्ने,मास्क लगाउने,भिडभाड नगर्ने र नियमितरुपमा हात धुने वा स्यानिटाईजर प्रयोग गर्ने गरेमा आफु र समाजलाई संक्रमणबाट बचाउन सकिने स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ । मन्त्रालयले गरे जनस्वास्थ्यका मापदण्डको वेवास्था आउन सक्छ कडा निषेधाज्ञा भन्ने स्लोगन नै सार्वजनिक गरेको छ ।