प्रचण्ड मुसोले देश खोक्रो पार्यो,पृथ्विनारायण शाहको तस्विर फाल्नेलाई देश निकाला गर्नु पर्छ : डा ठाकुर मोहन श्रेष्ठ । भिडियो

0
676

सशस्त्र प्रहरीका अवकास प्राप्त अतिरिक्त महानिरिक्षक डा ठाकाुर मोहन श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मुसो भन्दै आक्रोश पोखेका छन् । पुर्व सुरक्षाकर्मी परिषद्ले गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले मुसोले घर सखाप पारे जस्तै प्रचण्डले देश सखाप पारेको उनले आरोप लगाए । नागरिक समुहको संयोजक समेत रहेका श्रेष्ठले भारतमा लुकेर बस्ने जनताका छोरा छोरीलाई युद्ध लडाउने पछि भारतमै बिबाह गरि दिएको छोरीलाई मेयर बनाउने भन्दै प्रचण्डको भण्डाफोर गरेका थिए ।

उनले नेताहरुलाई चोर भएको आरोप समेत लगाएका छन् । राजनितीको खोल भित्र हुने गरेका कुनै पनि अपराध अब जनताले स्विकार नगर्ने तर्क गर्दै उनले १७ हजारको रगतमा होली खेल्ने प्रचण्डहरुको दिन सकिएको घोषणा समेत गरे । राज संस्था फाल्ने प्रचण्डले भारु र डलर खाएर देशलाई अस्थिर बनाएको उनको आरोप थियो । हिन्दु धर्म सहितको राजसंस्था आफुहरुको माग भएको दावी गर्दै उनले राजा भएको देश र नभएको देशमा कति फरक छ भन्दै देशको विकासका लागि राजा अनिर्वाय भएको तर्क गरे ।

हिजोका गुण्डा,तस्कर र टोले गुण्डाहरु आज मन्त्री र सांसद भएको बताउँदै राजसंस्था फर्किए पछि सबैको हिसाव गर्ने उनको भनाई थियो । प्रदेश २ मा पृथ्विनारायण शाहको तस्विर फाल्नेहरु कसरी नेपाली हुन सक्छन् भन्दै त्यस्ता गद्धारलाई देश निकाला गर्नु पर्ने उनको धारणा थियो । पत्रकार सम्मेलनमा डा ठाकुर मोहन श्रष्ठले राखेको आक्रोश पुर्ण अभिब्यिक्त नेपाल पुकारको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।