टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगे माधव नेपाल,लाहुरे जस्ता देखिए नेता ।

0
584

३ दिने चन्द्रागिरी बसाई पछि माधव नेपाल पक्षिय नेताहरु टुरिस्ट बस बढेर निर्वाचन आयोग पुगेका छन् । नेताहरु ओलीको प्रभावमा पर्न सक्ने संभावनालाई मध्य नजर गर्दै माधव नेपालले २० प्रतिशत पुग्ने गरी आवासीय बैठकका लागि चन्द्रागिरी रिसोर्ट लगेका थिए । निर्वाचन आयोगले नौ गते सनाखतका लागि समय दिए पछि सांसद तथा केन्द्रिय सदस्यहरु नयाँ पार्टीको संरचना र बिद्यान निर्माणका लागि गुप्तवास बसेका थिए । उतैबाट टुरिस्टबसमा झोला बोकेर नेताहरुको टोली निर्वाचन आयोग पुगेको थियो ।

नेताहरुको प्रतिक्षामा बसेका आयोगका कर्मचारी र पत्रकारहरु आयोग भित्र स्कर्टिङ सहितको २ वटा टुरिस्टबस छिरे पछि दंग परको थिए । बसको अघिल्लो सिटमा थिए पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल । उनि सुरुमै बसबाट झरे पछि प्रहरीले घेरा हालेर आयोगले ब्यबस्था मिलाएको स्थान सम्म पुर्याएको थियो । प्रसन्न मुद्रामा आयोग छिरेका नेपालको बडि ल्याङग्वेजले भनिरहेको थियो आवश्यक सबै संख्या लिएर आएकोछु अब पार्टी दर्ता हुन्छ । उनको पछि पछि आएका नेताहरुको अवस्था लाहुरबाट फर्किएका लाहुरेको भन्दा कम थिएन ।

हातमा २,२ वटा झोला घिसार्दै नेताहरु आयोग छिर्दा किन यसरी झोला घिसार्दै आए त ? उनिहरु आवासिय बैठकबाट सिधै आएकाले आफ्नो बन्दोबस्तीका सामान सहितको झोला उनिहरुका लागि बाध्यता भएको थियो । टुरिस्ट बसको यात्रा गर्दै झोला बोकर आयोग छिरेका माधव पक्षिय नेताहरुले लामबद्ध भएर नागरिकता,संसदले दिएको परिचयपत्र र पार्टीले दिएको केन्द्रिय सदस्यको परिचयपत्र बोकर सनाखता गराएका थिए । आयोगको माहोल हेर्दा सबै नेताहरु प्रसन्न देखिन्थे तर जनतालाई नयाँ पार्टीको तर्फबाट के लिएर जाने हो भन्नेमा नेताहरु अन्यौलमै थिए ।