साप च्याम्पियन खेलाडीहरुलाई प्रधानमन्त्रीद्धारा बधाई ज्ञापन

0
708
बिमल घर्ती

काठमाडौं, भदौ १४ – प्रधानमन्त्री सुशील कोइरालाले १९ बर्षमुनिको समूहमा सार्क विजेता बनेको नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।
कोइरालाले आइतबार बेलुकी नेपाली टोलीका कप्तान बिमल घर्तीलाई टेलिफोन गरी बधाई दिनु भएको हो । घर्ती आइतबार भारतको पुणेमा पुगेका छन् ।

बिमल घर्ती
बिमल घर्ती

टेलिफोनमा प्रधानमन्त्री कोइरालाले साफ विजेता बनेर नेपाली टोलीले यस क्षेत्रमा राष्ट्रिय प्रतिष्ठा उचो बनाएकोमा आफू गौरवान्वित भएको बताउँदै यो सफलताको लागि नेपाली टीमका कप्तान, प्रशिक्षक र समस्त टीमका सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले आगामी दिनमा क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगितामा यसरी नै सफलता प्राप्त होस् भन्ने शुभकामना पनि दिनुभएको थियो ।

टेलिफोन वार्तामा विभिन्न अभावका बाबजूद नेपाली फुटबल टोलीले प्राप्त गरेको यस सफलताले सम्पूर्ण खेलाडी र खेलप्रेमी नेपालीहरुलाई उत्साहित गरेको पनि बताउनुभयो ।

अवसरमा प्रधानमन्त्री कोइरालाले फूटबल खेलको विकासको लागि सरकारले यथासक्य सहयोग गर्नुको साथै खेलाडीहरुलाई प्रोत्सान दिने बताउनु भएको थियो ।
टेलिफोनमा प्रधानमन्त्री कोइरालाले भारतको पुणेमा हुने प्रतियोगिता पनि यस्तै सफलता प्राप्त होस् भन्ने शुभकामना दिनु भएको थियो ।