जे वी टुहुरेको अन्त्येष्ठी, आर्यघाट पुगे नेता र कलाकार । फोटो फिचर ।

0
644

जनवादी गायक जेवी टुहुरेको उपचारका क्रममा ७८ बर्षको उमेरमा निधन भए पछि आजै अन्त्येष्ठी गरिएको छ । माओवादी केन्द्र निकटको जनसांस्कृतिक मञ्चको पुर्व अध्यक्ष समेत रहेका टुहुरेको पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा एमालेका नेता प्रदिप ज्ञवाली पुगेका थिए । उनिहरुले नेपालको सांस्कृतिक क्रान्तीमा टुहुरेको अभाव भैरहने भन्दै उहाँले पुर्याउनु भएको योगदान अतुलनिय रहेको बताएका छन् ।

त्यस अघि टुहुरेको शवलाई माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर स्थित पेरिसडाँडामा राखी श्रद्धाञ्जली दिइएको थियो । त्यहाँ पार्टीका नेताहरु नारायणकाजी श्रेष्ठ,कृष्ण बहादुर महरा,बर्षमान पुन लगायतले टुहुरेको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली दिएका थिए । टुहुरेलाई श्रद्धाञ्जली दिन कलाकार मनोज गजुरेल,श्रवण मुकारुङ,शम्भु राई लगायत वरिष्ठ ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।