काबुल विमानस्थलमा ब म हमला,१४० घा ईते ६० को मृ त्यु ।

0
739

अमेरिका र बेलायतले काबुल बिमानस्थलमा आक्रमण हुने भनाई सार्वजनिक गरेको केही घण्टामै ब म विष्फोट भएको छ । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुई वटा ब म वि स्फोटमा मा रिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बी बी सीलाई बताएका छन् । पेन्टागनले मा रिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् ।

सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेना माथि भएको सबैभन्दा ठूलो ह मला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई ता लिवानले खसा ल्दा ६० जना सैनिकको मृ त्यु भएको थियो । पश्चिमा सरकारले विमानस्थलमा इस्ला मिक स्टेट को अफगानिस्तान ब्रान्च आई एस–के ले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक लाई जारी गरेको केही घण्टा पछि नै विमानस्थलमा विस्फोट भएको थियो । स्थानीय समय अनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो ।

उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए । त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो वि स्फो ट भएको थियो । यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन् । ‘हामी माफी दिने छैनौ । हामी बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने । उनले यस्ता आतंक वादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पारे ।