हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले एमसीसीको दुस्चक्रमा नेपाललाई फसाउन लागिउको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहीले आज सम्म जति पनि मुलुकमा एसीसी छिरेको छ ती सबै देशमा अस्थिरता उत्पन्न भएको दावी गरेका छन् । उनको स्टाटसमा के छ त जान्नको लागि तलको पुरा विवरण हेर्नुहोला ।
विकृति राजनीति र भ्रष्ट अदुरदर्शी नेताहरूको कारण संसारमा कैयौ देश बर्बाद भएका छन्।कैयौले अस्तित्व गुमाएका छन्।ति देश बर्बाद बनाउने विकृत भ्रष्ट नेताहरूले पनि देश र जनताकै पक्षमा कुरा गरेका थिए।कैयौले त शुरू शुरूमा राम्रा काम पनि गरेका थिए।तर उनिहरूको विकृत मानसिक राजनीति,भ्रष्ट ब्यबहार, स्वार्थी चरित्र, बिदेशी दलालीयुक्त सोच र अदूरदर्शीताका कारण देश र जनताले ठूलो दुख भोग्न पर्यो।देश र जनताले अस्तित्व गुमाउनु पर्यो।
आज हाम्रो देशको अवस्था पनि त्यस्तै हुदैछ।बिगत ३१ बर्षदेखि स्वतन्त्रता,अधिकार,समानता,समृद्धि, वाद सिद्धान्त, राष्ट्रियता आदि आदि अनेकन गुलिया मिठा नारा दिएर हाम्रा लोभी पापी स्वार्थी नेताहरूले देश र जनता ठग्दै आएका छन्। आफ्नो स्वार्थ सिद्ध गर्दै आआफ्नो बर्ग उत्थान गरे।शान्त,सौहार्द, आत्मनिर्भर उन्मुख नेपाललाई जातीयता,क्षेत्रियता, साम्प्रदायिकता, धार्मिकताको जहरमा देश चुर्लुम्म डुबाए।अन्याय, अत्याचार, भ्रष्टाचारका उद्योग ब्यापार बढाउदै देशका उद्योग कलकारखाना सबै कौडीको भाउमा बेचे।देशलाई बिदेशी क्ष्ल्न्इ र धार्मिक मिसिनरीका पैसा खाएर बिदेशीको खेलमैदान बनाई रहेका छन्।देश बर्बाद बनाउदै आफ्नै धुनमा रोम जल्दा नीरो बाँसुरीको धुनमा मस्त भए झैं यि राष्ट्रघाती भ्रष्टहरू आफ्नै धुनमा मस्त मस्त छन्।
परिणामतस् हाम्रा संस्कार संस्कृति मासिदै छन्।धार्मिक मिसिनरीहरु च्याउ झैं उम्रदै छन्। जातीयता र साम्प्रदायिकताले देश बर्बाद पार्दै छ।देश दिन प्रति दिन ॠणमा चुर्लुम्म डुब्दै छ।देशको आर्थिक अवस्था हेर्दा कहाली लागेर आउछ। अहिलेसम्म देशले १७ खर्ब ऋण बोकीसक्यो।देशले धान्नै नसक्ने महँगो संघियता र भ्रष्ट नेताहरूलाई पाल्न प्रशासनिक खर्च१२ खर्ब ३३ अर्ब पुर्याई सकेका छन्।देशको वास्तविक आम्दानी लगभग ८ खर्ब छ। प्रशासनिक खर्च धान्न पनि ॠण लिईरहेको छ देशले।यो अवस्थामा प्रति बर्ष ५ खर्ब ॠण लिनु पर्ने अबस्था श्रृजना गरेका छन्।
बिकास खर्च ३ खर्ब ४७ अर्ब मात्र छ।त्यो पनि पूर्ण ॠणमा आधारित छ।होनोहार युवाहरू, पढेलेखेका बुद्धिजीवीहरू र अब्बल बिद्यार्थीहरू बिदेशिन बाध्य छन्। दैनिक १५०० नेपाली बिदेश जान्छन्। ८२००००० (बयासी लाख) नेपाली बिदेशमा छन्। सन् २००८ देखि २०१९ सम्म बिदेशमा ७०५२९ जना मरेका छन्। देशको आर्थिक, सामाजिक र राजनैतिक अवस्था हेर्दा विश्लेषण गर्दा यि भ्रष्ट लोभी पापी नेताहरूले देशलाई सिध्याउदै छन्। देशलाई अफगानिस्तान ,सोमालिया, सिक्किम बनाउदै छन्। एमसीसी नामको औपनिवेशिक हतकन्डा र षडयन्त्रमा नेपाललाई फसाउदै छन्। यदि अब पनि जागेनौ भने हाम्रो हालत अफगानिस्तान हुनेछ। हाम्रो अवस्था सोमालिया बन्नेछ। हामीलाई सिक्किमको नियति भोग्नु पर्ने हुनसक्छ।तसर्थ अब नेपाली जनता उठौं जागौं।यि राष्ट्रघाती भ्रष्ट पापी नेताहरूलाई ठेगान लगाऔं।