एपिवान टिभीको कार्यालयमा धर्ना र नारावाजी,एमसीसीको बिज्ञापन बन्द गर्न दवाव ।

0
687

एमसीसी खारेजी राष्ट्रिय अभियानले एपी वान टेलिभिजन अगाडीको कार्यालय अगाडी नारावाजी गर्नुका साथै बिज्ञापन तत्काल बन्द गर्न ज्ञापन पत्र बुझाएको छ । निर्ग नविनको नेतृत्वमा युवाहरुले बबरमहलमा रहेको एपिवान टि भीको कार्यालय पुगेर करर्पोट डाइरेक्टर शुरेस पौडेललाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । २४ घण्टा भित्र बिज्ञापन प्रसारण बन्द नगरे नसोचेको क्षति भोग्नु पर्ने निर्ग नविनले बताएका छन् ।

ज्ञापन पत्र बुझाए पछि युवालाई सम्बोधन गर्दै उनले आफुहरु पहिलो पटक प्लेकार्ड बोकेर आएको फेरि आउनु परे जे पनि गर्न सक्ने भन्दै चेतावनी दिएका थिए । राष्ट्रवादी युवाहरुले एमसीसीको बिरोध गरिएका प्लेकार्डहरु बोक्नुका साथै एपीवान टिभी बिरोधी नारा लगाएका थिए । एपीवान टिभीले बिज्ञापन बजाए पछि बिभिन्न राजनितीक दलका नेता तथा बुद्धिजिवीहरुले राष्ट्रियता बिरोधी बिज्ञापन बन्द गर्न आग्रह गरेका छन् ।