अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले एमसीसीको बिज्ञापन तत्काल बन्द गर्न एपिवान टिभीलाई आग्रह गरेको छ । टिभीका समाचार प्रमुख टिकाराम यात्रीलाई भटी राष्ट्रघाट हुने बिज्ञापन प्रसारण नगर्न आग्रह गरेको छ । बिज्ञप्तीको सार तल उल्लेख गरिएको छ । नेपाली छोरीचेलीलाई अमेरिकी सरकार र एमसीसीका कर्मचारीले बलात्कार र हत्या गरे वा बेरोजगार युवालाई बैदेशिक रोजगारीमा अमेरिकाको भिसा मिलाइदिन्छु भनेर ठगे पनि कुनै अदालत र न्यायाधिकरणमा मुद्दा नलाग्ने
र नेपाललाई इण्डियाको सम्मतिमा कार्य गर्न आत्मसमर्पण गराउने प्रावधान सहितको इण्डोप्यासिफिक रणनीतिको सैन्य कार्यक्रम एमसीसी परियोजना नेपालीका लागि शेयर कारोबारभन्दा फलदायी हो भन्ने भ्रामक देशघाती विज्ञापन केही सञ्चार माध्यमले प्रचार गर्न थालेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देशव्यापी रुपमा एमसीसीका संरचना ध्वस्त बनाउन प्रतिकार समिति गठन गरी क्रियाशील रहेको अवस्थामा जनताले एमसीसीलाई सहयोग गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई भौतिक व्यवधान खडा
गरी संविधानमा इतिहासमै पहिलो पटक नागरिकको हक मात्र होइन कर्तव्य पनि निर्वाह गर्नु पर्ने व्यवस्था गरेकोमा सो कर्तव्य पूरा गरी राष्ट्रिय स्वाधीनता बचाउने प्रतिकारात्मक आन्दोलनका क्रममा हुन सक्ने क्षतिप्रति सचेत रहँदै उक्त विज्ञापन तत्काल रोक्न गम्भीर रुपमा सचेत गराउँछौं । अन्यथा त्यस्ता सञ्चार माध्यमलाई आमा बेचेर पैसा अशुल्ने कपुतको रुपमा लिई जुनसुकै निर्णय लिन तयार हुने स्थिति नआओस् हामी चाहन्छौं । तत्काल ती विज्ञापन नरोके त्यस्ता सञ्चार माध्यमलाई बहिष्कार गर्न पनि हामी जनता जनार्दनमा आह्वान गर्दछौं ।