काठमाडौं, भदौ १४ – अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वयिवलय शिक्षण अस्पतालका आवासीय चिकित्सकले आजदेखि काममा सहभागी नहुने निर्णय गरेका छन । आइतबार बसेको आवासीय चिकित्सकको संस्था नेजिडेण्ड डाक्टर्स एशोसिएसनको बैठकले आजदेखि काममा सहभागी नहुने निर्णय गरेका हुन् ।

अस्पतालको ओपिडीमा काम गर्ने आवासीय चिकित्सकले काम नगर्दा अरु विभागमा विरामीको चाप बढ्नुका साथै सेवा प्रभावित हुने एसोशिएसनका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तीन सय भन्दा धेरै आवासीय चिकित्सक कार्यरत छन ।
त्यस्तै आइओएमका विभिन्न विधामा पढिरहेका विद्यार्थीले पनि पठनपाठनमा सहभागी नहुने निर्णय गरेको विद्यार्थी बद्री अर्यालले जानकारी दिनुभयो । चिकित्सा क्षेत्रमा भइरहेको विकृती अन्त्य गर्नुपर्ने माग सहित डाक्टर केसीले अनसन सुरु गरेको सातौं दिनसम्म पनि सरकारले माग पुरा गर्ने संकेत नदेखाएको भन्दै आवासीय चिकित्सकले काम नगर्ने निर्णय गरेका हुन .