एपिवान टिभी बहिस्कार गर्न हेमराज थापाको अपिल ।

0
1196

अभियन्ता हेमराज थापाले एमसीसीको बिज्ञापन बजाउने एपिवान टिभीका सञ्चालकको नागरिकता छानविन गर्न माग गरेका छन् । अन्नपुर्ण मिडिया ग्रुपका सञ्चालक क्याप्टेन रामेश्वर थापा लामो समय अमेरिका बसेर नेपालमा ब्यापार ब्यबसाय गर्दै आएको बताउँदै थापाले उनिसँग ग्रिनकार्ड हुन सक्ने आशंका ब्यक्त गरेका छन् । आफ्ना छोरा छोरी अमेरिका पढाउनेलाई नेपालको माया नहुने तर्क गर्दै उनले रामेश्वर थापा आफैमा विवादास्पद ब्यक्ति भएको आरोप लगाए ।

अमेरिकी राजदुतसँग आफ्नै कार्यालयमा भेटघाट गर्ने हैसियत भएका थापाको पासपोर्ट सार्वजनिक गर्न पनि उनले माग गरे । थापा काजी भिमसेन थापाले देश निर्माणमा गरेको योगदानको कदर गर्दै रामेश्वर थापाहरुका कारण राष्ट्र कम्जोर हुन नहुने उनको भनाई थियो । नेपाल पुकारसँगको कुराकानीमा स्पष्ट बक्ता थापाले एपिवान टिभीले बिज्ञापन तत्काल बन्द नगरे अकल्पनीय क्षति भोग्नु पर्ने बताएका छन् । सञ्चारमाध्यमको धर्म पैसा कमाउने नभई राष्ट्रियता पहिलो प्राथमिकता हुनु पर्ने उनको भनाई थियो ।

हेमराज थापासँगको कुराकानी भैरहँदा एपिवान टिभीले एमसीसीको बिज्ञापन बन्द गर्ने निर्ण गरेको थियो । हेमराज थापासँगको बिचारउत्तेजक कुराकानी नेपाल पुकार युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।