देशलाई कायापलट गर्छु भन्दै राजनितीमा प्रवेश गरे एक्सन नायक निखिल उप्रेती ।

0
843

एक्सन नायक निखिल उप्रेती राजनितीमा प्रवेश गरेका छन् । नेपाल बच्चा जन्माउने कारखाना बनाएको भन्दै उच्च शिक्षा लिने नाममा कहिले सम्म युवालाई बिदेश पठाउने भन्दै प्रश्न गरेका छन् । देश बिरामी हुँदा मिल्न नसक्ने राजनितीक दलले कसरी देश बनाउन सक्लान् उनले प्रश्न गरे ।

दलहरु बिच आफसी लडाईले उनिहरु नाम मात्रैको भिन्न भए पनि ब्यबहार समान भएको बताए । अब यि पुराना दलहरुबाट देश शान्ती हुन नसक्ने धारणा राख्दै देश शान्त भए उनिहरुको प्रभुत्व नरहने हुँदा अस्थिरता राजनितीक दलको अभिष्ठ भएको बताए । एकिशृत शक्ति नेपालको उद्धघाटन पश्चात गाली गर्ने क्रम सूरु हुने बताउँदै त्यसलाई मत्वपुर्ण सुझावको रुपमा लिने बताए । फेरि पनि निर्वाचन हुँदा फेरि तिनैलाई भोट दिने हो भने तपाई पनि देश बिरोधी ठहरिने निखिलले घोषणा गरे ।

आफ्ना भावी सन्ततिको चिन्ता छ भने नेताहरुको प्रतिकार गर्न उनले जोड दिए । देशलाई प्रेम गर्नेले सिद्धान्त जन्मन्छ भन्दै देश र संस्कृतिको माया गर्ने मानिस नै सच्चा राष्ट्रवादी भएको बताएका छन् । एकिकृत शक्ति नेपालको घोषणा कार्यक्रममा उप्रेतीले नेताहरुका कारण देश प्रतिको प्रेम घट्दै गएको भन्दै देश प्रति घात गर्ने दुश्मनलाई जनताले बाँकी नराख्ने बताएका छन् । देश प्रेम गर्ने नेताले आफु अनुकुल हुने गरि नक्कली देश प्रेम गरेको बताएका छन् ।