ओलीका १२ सांसद माधव पक्षमा प्रवेश,नामावली सहित ।

0
565

निर्वाचन आयोगले आफ्नो पार्टी रोज्न भदौ २१ गते सम्मको समय दिए पछि एमाले र नेकपा एकिकृत समाजवादी रोज्ने लहर चलेको छ । एमाले पक्षका धेरै सांसद मन्त्री बन्ने महत्वकाँक्षा बोकेर समाजवादीमा प्रवेश गरिरहेका छन् । आज मात्रै बाग्मती प्रदेश सभाका १२ जना सांसद समाजवादीमा प्रवेश गरेका छन् ।

यसले बाग्मती सरकार संकटमा पर्ने देखिएको छ । माधव नेपालको साथ छोडेर मुख्यमन्त्री खान ओली पक्षमा पुगेकी अष्टलक्ष्मी शाक्यको पद १ महिना नपुग्दै गुम्ने संकेत देखिएको छ ।
वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित ११ जना सासंदले नेकपा एमाले छाडेका छन । उनीहरुले आजै नेकपा एमाले छाडेर माधव नेपालले नेतृत्व गरेका नेकपा एकिकुत समाजवादीको पक्षमा सनाखत गरेका हुन ।

वागमती प्रदेशका १२ जना सांसदले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका माधव नेपाल निकट एक नेताले जानकारी दिएका छन । प्रदेश सरकारमा एमालेको ५६ जना सांसद रहेकोमा १२ जनाले माधव नेपालले खोलेको नयाँ पार्टी रोजेपछि ३ साताअघि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पद गुम्ने खतरा बढेको हो । यी हुन नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादी रोज्ने सांसदहरु ।

१। राजेन्द्र पाण्डे

२। मुनु सिग्देल

३। वसुन्धरा हुमागाईं

४। लक्ष्मण लम्साल

५। राजेन्द्रमान श्रेष्ठ

६। पार्वती सिलवाल

७। ईन्द्रमाया गुरुङ

८। माधव पौडेल

९। वसन्त मानन्धर

१०। रमा आले मगर

११। कुसुमकुमार कार्की

१२ कृष्ण खनाल