उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले एपि वान टेलिभिजनले आचार संहिता विपरीत काम गरेको भन्दै कारबाही गर्न माग गरेको छ । प्रेस काउन्सिल नेपालको कार्यालयमा एपि वान टि भीले राष्ट्रिय स्वधीनता र सार्वभौमिकता विरुद्ध देशघाती एमसिसिको पक्षमा पैसाका लागि मात्र विज्ञापन बजाएकोमा कारवाही गर्न उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट उजुरी दर्ता गरिएको छ दर्ता नं ९१ रहृको स्वागत नेपालले जानकारी दिएका छन्।
नेपालको संबिधान २०७२ को मर्म र भावना विपरीत इण्डो प्यासिपिफकको रणनिती अन्तरगतको एमसीसीको प्रचार गरि राष्ट्रियता बिरुद्धको काम गरेकाले प्रेस काउन्सिल ऐन २०४८ तथा पत्रकार आचार संहिता २०७३ उल्लंघन गरेकोले प्रचलित नियम बमोजिम कारबाही गर्न माग गरिएको छ । चिनिया लगानी निरुत्साहित गर्ने र अमेरिकन लगानी भित्र्याई उसैको निहित स्वार्थ पुरा गर्न नेपाल आउन लागेको अमेरिकन संस्था हो । अमेरिकाको निहित स्वार्थ पुरा गराउँदै नेपालको राजनितीक सामाजिक र आर्थिक स्थितीमा हस्तक्षेप गर्ने र नेपाललाई अफ्गानिस्तान जस्तै बनाउने रणनितीको नेपालमा भ्रमपुर्ण प्रचार गर्ने काम गरेकोमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले काउन्सिल समक्ष निवेदन दिएको हो ।