बलात्कारको आरोप लागेका प्रा डा बैद्य निर्दोश सावित ।

0
939

करिव १३ महिना अगाडी समाजसेवी तथा गुरु भनिने प्रा डा जगदिश बैद्यले आफुलाई रोग निको पारिदिने बाहानामा पटक पटक बलात्कार गरेको आरोप लगाउँदै पिडीत भनिएकी महिला राज्य लक्ष्मी शाक्यले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी सहयोग माग गरेकी थिईन ।

सन २०२० जुलाई १४ मा उनले पत्रकार सम्मेलन नै गरेर प्रा डा जगदिश बैद्यमाथि बलात्कारी भएको देखि अन्य बिभिन्न लाञ्छना लगाएकी थिईन । राज्य लक्ष्मी शाक्यले बैद्य बिरुद्ध प्रहरीमा किटानी जाहेरी समेत दिएको र बैद्य सो समयमा प्रहरीको हिरासतमा रहेको उनको भनाई थियो । सो मुद्धामा सम्मानित काठमाण्डौ जिल्ला अलदालतले हालै गरेको फैसलाले आरोपीत प्रा डा बैद्य निर्दोश भएको प्रमाणीत गरेको बैद्यले बताएका छन् । प्रा डा बैद्येले सम्मानित प्रेस काउन्सिललाई लेखेको पत्रमा आफुले मुद्धा जितेको बताएका छन् ।

सोही मुद्धाको सुरुवाती अवस्थामा नेपाल पुकार डट कमको युट्युव च्यानलमा पिडीत भनीने महिलाले पत्रकार सम्मेलनमा गरेको दावीको भिडियो प्रकाशन तथा प्रसारण गरेका थियौ । हाल मुद्धा फैसला भएको अवस्थामा प्रा डा बैद्य निर्दोस सावित भए पछि उक्त भिडियोले निजको जिवनमा चारित्रिक असर पार्ने देखिएकोले उक्त भिडियो सामाग्री हटाइएको छ । निवेदक बैद्यले सम्मानित प्रेस काउन्सिल नेपालमा दिएको निवेदनका आधारमा खण्डनका लागि पठाइएको पत्र समेत प्रकाशन गरेका छौ । आफुमाथि लागेको गम्भिर आरोप झुट्ठो सावित गर्न सफल हुनु भएकोमा प्रा डा बैद्यलाई नोपल पुकार डट कम बधाई तथा शुभकामना दिंदै समाचारको खण्डन प्रकाशित गरेका छौ ।