रामेछापका बाढी पिडीतलाई हेमराजले पुर्याए खाध्यान्न र सिरक डसना ।

0
744

भदौ १७ काभ्रे, भदौ १४ गतेको पहिरोबाट प्रभावीत रामेछापको दोरम्बाका पिडीतले राहत स्वरुप माया पाएका छन् । पहिरोबाट प्रभावित भएका २६ घर परिवारलाई करिव १ महिनालाई पुग्ने खाद्यान्न र ओढ्ने ओछ्याउने कपडा लिएर अभियन्ता हेमराज थापाले गाउँमै पुगेका छन् ।

सडक मार्गले छोएको काभ्रे र रामेछापको सिमावर्ती क्षेत्र सम्म पुगेर थापा नेतृत्वको टोलीले बाढी प्रभावितहरुको गुनासो समेत सुनेका थिए । अष्ट्रेलियाबाट कुल बहादुर थापा, अमेरिका वासी इन्द्र थापा र सवि थापाको आर्थिक सहयोगमा राहत स्वरुप माया लिएर आएको थापाले जानकारी दिएका थिए । पिडीतहरुले आफुहरुलाई गाऊँ पालिकाले समेत बेवास्था गरेको समयमा राजधानीबाट मात्र नभई अमेरिका अष्ट्रेलियाबाट सहयोग आएकोमा प्रसन्नता ब्यक्त गरे । आफुहरुलाई तत्कालका लागि खाध्यान्न भन्दा पनि सुरक्षितस्थानमा टहरा बनाउन जस्ता पाताको आवश्यकता रहेको गुनासो पिडीतहरुले सुनाएका थिए ।