नेपाली सेनामा भर्ती खुल्यो,कुन पदमा कति योग्यता चाहिन्छ ?

0
807

नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदमा भर्नाका लागि आवेदन माग गरेको हो ।

जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त र मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासीरजनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने जनाइएको छ । ८ कक्षा उत्तीर्णले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारको हकमा भने अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।