ज्योति कुमार पन्थी बर्दिया १४ भदौ
थारु कल्याणकारिणि सभा लगायत आधा दर्जन संघ सस्थाहरु र मधेशि मोर्चाले आब्हान गरेको
बन्दको आज २० औ दिन पनि बर्दिया पुर्ण रुपमा बन्द छ । बन्दका कारण बर्दिया जिल्लाको यातायात
क्षेत्र पनि नराम्रो सँग प्रभावित भएको छ । आन्दोलनरत पक्षले बन्द आब्हान गरेको भए पनि प्रशासनले
निशेधित क्षेत्र तोकेका कारण अहिले बजार भने खुला रहेको छ ।
करिव तिज साता देखि बन्द भएको भए पनि बन्दका कारण अहिले बर्दिया जिल्लाको यातयात सेवा
समेत प्रभावित भएको छ । बर्दिया जिललाबाट दैनिक जसो करिव दुई सय यातायात सञ्चालन हुने
गरेको भए पनि अहिले सवै यातयातका साधनहरु यति बेला बसपार्क र यातयात धनिका घरमा
थन्किएका छन ।
बिगत १३ दिन देखिको बन्दका कारण कष्ट झेलि रहेका यात्रुहरु कहिले गुलरिया बसपार्क सम्म
पुगेको भए पनि उनिरु आफनो घर सम्म पुग्नका लागि निकै कष्ट झेल्नु परेको बताउँने गरेका छन ।
बल्ल बल्ला गुलरिया बसपार्क आयौ तर घर जानका लगि यातयात छैन बन्दले गर्दा समस्या झेल्नु
परेको उनिहरुले बताएका छन । गुलरिया पुगेका यात्रुहरु ठुलो रकम खर्च गरेर रिक्सामा घर जानु
परेको उनिहरुले बताए ।
बर्दिया जिल्लाबाट पुर्व तर्फ बिहानको समयमा बुटवल, चितवन लगायतका स्थानमा जाने सवारीका
साधनहरु र साँझको समयमा पोखरा काठमाण्डौ सम्म यातयातका साधनहरु सञ्चालन हुने गरेका
छन । अहिले १३ दिन देखि यातायात साधनहरु सञ्चालनमा नआए पछि घर खेत नै बैकमा राखेर गाडी
खरिद गर्ने गाडी धनिहरु समस्यमा परेको कृष्णसार यातयात ब्यवसायी समिति गुलरियाका अध्यक्ष
शम्भु रिजालले बताउँनु भयो ।
बिगत १३ दिन देखिको बन्दका कारण तहस नहस भएको बर्दिया जिल्ला अहिले सम्म खुल्न सकेको छैन
राजनितिक माग पुरा गराउँनका लागि आब्हान गरिएको बन्दले बर्दिया जिल्लाको जन जिवन कष्टकर
बनेको छ । बन्द कर्ता र सरकार बिच यस बिसयमा गम्भिर भई छलफल गर्न जरुरी देखिन्छ ।