गृहमन्त्रालयले मित्रराष्ट्रको सहयोगमा बन्ने विकास निर्माणका आयोजनाहरुको बिरोध नगर्न चेतावनीपुर्ण अनुरोध गरेको छ । शुक्रबार साँझ बिज्ञप्ती निकाल्दै गृहले नेपालको बिकास निर्माणमा संलग्न कर्मचारी,उनिहरुको सम्पत्ति र समग्र आयोजनाकै बिषयमा सामाजिक सञ्जार तथा सञ्चार माध्यमबाट टिका टिप्पणी गर्ने सिधै धाकधम्की दिने जस्ता गतिबिधि प्रति नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणी पोखरेल छारा हस्ताक्षरित बिज्ञप्तीमा विकास निर्माणका आयोजनाहरु असुरक्षित हुने र मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधी नगर्न नगराउन अनुरोध गरिएको छ । त्यसता गतिबिधीहरुको गृहमन्त्रालयले सुक्ष्म अनुसन्धान र निगरानी र विष्लेषण गरिरहेकोले त्यस्ता गतिविधीमा संलग्न भएकाहरुलाई नेपालको प्रचलित कानुन बमोजिम कडा कारबाही हुने कुरा बिज्ञप्तीमा लेखिएको छ ।
गृहमन्त्रालयको बिज्ञप्तीमा एमसीसी शब्द प्रयोग नगरिएको भए पनि पछिल्ला दिनमा एमसीसीको उपाध्यक्षको आशन्न नेपाल भ्रमणको सन्दर्भमा उनिमाथि बिभिन्न किसिमका धम्की पुर्ण भनाईहरु आईरहेका बेला गृह मन्त्रालयले यस्तो बिज्ञप्ती निकालेको हो । यहि भदौ २४ गते एमसीसी परियोजनाको प्रगती बिवरण लिन अमेरिकाबाट उपाध्यक्ष फतिम नेपाल आउँदै छिन् । उनको भ्रमणका क्रममा कालो भण्डा देखाउने देखि गुलेलीले ढुङगा हान्ने सम्मका अभिब्क्तिहरु सार्वजनिक भैरहेका छन् ।