देउवाले घुमाउरो बाटोबाट एमसीसी पास गर्न खोजे : के पी ओली ।

0
572

नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले घुमाउरोबाटो बाट एमसीसी पास गर्न लागेको बताएका छन् । नेकपा एमाले महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्ने की नगर्ने भन्दै सन्दर्भमा आफुसँग सल्लाह नगरेको बताए । उनले प्रचण्ड र देउवालाई प्रश्न गर्दै मुखमा राम राम बगलीमा छुराको ब्यबहार गर्न लाज लाग्दैन भन्दै प्रश्न गरे ।

आफ्ना पालामा एमसीसीको कुरा गर्दा हच्किने प्रचण्ड अहिले एमसीसी पास गर्न लागि परेको आरोप लगाए । भ्यान्टीलेसनबाट सरकारमा गएकाहरुलाई आगामी निर्वाचनबाट भारी मत ल्याएर ढोकाबाटै प्रवेश गरी धपाउने ओलीको भनाई थियो । त्यस पछि जनताको चाहना अनुसारको विकास गर्ने ओलीले बताए । प्रचण्ड र देउवाले नै सम्झौता गरेको एमसीसी कसरी कार्यान्वयन गर्ने भन्नेमा सर्व पक्षिय सहमती आवश्यक रहेको ओलीको भनाई थियो । स्वास्थ्यमा समस्या हुँदा हुँदै पनि सार्वजनिक कार्यक्रममा सम्बोधन गर्न आएका ओलीले सम्बोधनको अधिकांश समय माधवन नेपालको आलोचना गर्नमा समय खर्च गरेका थिए । आफ्नो घरको विरोलो दुध भात खान वालुटारमा म्याऊ गर्न पुगेको भन्दै नेपाल पक्षमाथि ब्यंग्य गरेका थिए । एमाले भताभुङ पार्ने माधवले देउवाको सत्ता पनि लथालिङ पार्ने दावी गरे ।