एमसीसी लागु गर्नेहरु दलाल हुन् : डा भिम रावल ।

0
681

नेकपा एमालेका उपाध्यक्ष डा भिम रावलले एमसीसी असमान सम्झौता भएको बताएका छन् । रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा डा रावलले अस्थिर राजनितीक अवस्थाको फाईदा उठाउँदै यो सम्झौता भएको बताए । पाँच बर्ष अवधि राखेर गरिएको सम्झौता कहिल्यै नफर्कने रावलले दावी गरे सम्झौतामै यो आयोजना निरन्तर जारी रहने लेखिएको प्रष्ट्याए ।

उनले एमसीसीको लाईन लाईनमा बहस गर्न तयार रहेको बताउँदै नेताहरुलाई आफुसँग खुल्ला बहसका लागि आउन चुनौती दिए । सम्झौतामा राष्ट्रहित विपरीतको दफा राख्ने कर्मचारी र नेता नेपाली नै होइन भन्दै रावलले आक्रोश पोखे । एमसीसी पढ्दै नपढी बोल्यो भन्नेहरुलाई डा रावलले आफुले कार्यान्वयन सम्झौता समेत अध्यायन गरेको बताए । अफ्गानिस्तानको घटनालाई स्मरण गर्दै डा रावलले धारा धाराको अध्यायन आफुले गरेको र यो कार्यान्वयन भए चिनसँग सिमा जोडिएको सिन्धुपाल्चोक जिल्ला समेत प्रयोग हुने रावलले खुलासा गरे ।

नेपाललाई उपनिवेस बनाउन सत्तासिन दलहरु लागि परेको उनको दावी छ । यो सम्झौताका मस्यौदाकारहरु अनुहारमा नेपाली भए पनि वास्तवमा दलाल हुन् उनको भनाई थियो । राष्ट्रिय हित अनुरुपको काम गर्न जनमत नपाएको यो परमादेशको सरकारले नसक्ने उनको भनाई थियो । नेपाल सरकारले एमसीसीलाई किन असिमीत अधिकार दियो जुन कानुन विपरीत छ रावलको भनाई थियो । सम्झौता अनुमोदन नहुँदै आयोजना सुरुवात हुनु दलाल कर्मचारीको परिणाम भएको उनको भनाई थियो । संसदमा पेश भएर रोकिएको परियोजनाको काम नुवाकोटबाट कसरी सुरुवात भयो भन्दै रावलले एमसीसीका पक्षधरहरुलाई प्रति प्रश्न गरे ।