अमेरिकन दुतावास घेर्न पुगेका हेमराज थापा पक्राउ ।

0
865

अभियन्ता तथा बिद्यार्थी नेता हेमराज थापा पक्राउ परेका छन् । एमसीसीको बिरोधमा लामो समय देखि आन्दोलन गर्दै आएका थापा आज दिउँसो महाराजगञ्जमा रहेको अमेरिकी दुतावास अगाडीबाट पक्राउ परेका हुन् ।

उनिसँगै बझङका बिद्यार्थी विप्लव खड्का,राप्रपाको भातृ संगठन युवक संगठनका नगेन्द्र देउजा लगायत आधा दर्जन युवाहरु पक्राउ परेका हुन् पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी बृत्त माहाराजगञ्जमा राखिएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमारको भ्रमण बिथोल्ने घोषणा गरेका युवाहरुले बिरोधका बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । गएराती मात्रै अज्ञात समुहले बानेश्वरमा रहेको संसद भवन अगाडी टायर बालेर एमसीसी बिरुद्ध नारावाजी गरेका थिए । सो घटनामा संलग्न भएकाहरुको प्रहरीले अहिले सम्म पहिचान गर्न सकेको छैन । उनिहरुको खोजी भैरहेकोे प्रहरीले जनाएको छ । फतिमा भने २४ गते मात्रै काठमाण्डौं आउने कार्यक्रम छ ।