एमसिसि बिरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा राजधानीमा बिरोध प्रदर्शन

0
512

काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता खारेजीको माग गर्दै मंगलबार काठमाडौं प्रदर्शन भएको छ । पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको आयोजना राष्ट्रिय स्वाधिनताको रक्षा गरौं अमेरिकी सामाज्वाद विरूद राष्ट्रघाति एमसिसि सम्झौता खारेज गर भन्दै काठमाडौंको शान्ति बाटिकामा प्रदर्शन तथा खबरदारी सभा सम्पन्न गरेको हो ।

बिरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा मसालका केन्द्रीय प्रबक्ता रामप्रकाश पुरीले एमसिसि परियोजना नेपालको हित बिपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताए । मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनिकरण गर्न सके देशको विकासका लागि बिदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै प्रवक्ता पुरीले एमसिसि परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघकि केन्द्रीय अध्यक्ष तथा पुर्व सांसद मिना पुनले एमसिसि परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै उनले एमसिसि परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औल्याईन ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापाले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए । उनले ५०र६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए । एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुनेमा थापाले जोड दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविन्द्र बेलबासेले बिगतका सन्धी सम्झौताहरू भन्दा पनि एमसीसी परियोजना अझ वढि घातक सावित हुने बताए । उनले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले संसदबाट जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताए । उनले एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने बताए । त्यसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको उल्लंघन हुने बेलबासेको भनाई छ ।

कार्यक्रममा नेकपा मसलाका जिल्ला प्रवक्ता तथा नेता जगत रेग्मीले एमसीसीको पुष्ठभूमी सहित नेपालमा किन एमसीसी लागू गर्न खोजिँदैछ भन्ने स्पष्ट पारेका थिए ।‘अमेरिकाको ट्विन टावरमाथि भएको आतंकवादी हमलापछि त्यहाँको संसदले सन् २००३ मा अमेरीकाले गरिब राष्ट्रहरुमा लगानी लगाउनु पर्दछ र त्यो लगानी अमेरीकाको स्वार्थ अनुसार हुनु पदर्छ भन्ने कानुन पारित गरेको थियो र त्यसै अनुसार सन् २००४ मा एमसीसी गठन गरेको हो’ उनले भने ।