भोली संसद भवन घर्ने ज्ञानेन्द्र शाहीको घोषणा,ललितपुरमा जनसागरलाई गरे सम्बोधन ।

0
2016

अभियन्ता ज्ञानेन्द्र शाहीले भोली संसद भवन घेर्ने बताएका छन् । ललितपुरको लगनखेलमा ओयाजित संयुक्त बिरोध सभालाई स्म्बोधन गर्दै शाहीले जनताको माझमा एमसीसीका अस्पष्टतालाई प्रष्ट्याएका थिए । देश बेच्न खोज्ने नेता नेपाली हुन नसक्ने दावी गर्दै उनले एमसीसी कुनै पनि हालतमा पास हुन नदिने बताए ।

शाही युवा शक्ति नेपाल,राष्ट्रिय शत्तिः नेपाल र हाम्रो नेपाल हामी नेपाली अभियानद्धार संयुक्तरुपमा आयोजित सभामा बिभिन्न अभियन्ताहरुले सम्बोधन गरेका थिए । ललितपुरको लगनखेलमा भएको बिरोध सभामा ज्ञानेन्द्र शाही लगायत बक्ताले राखेको भनाई नेपाल पुरका अनलाईन TV मा हेर्न सक्नुहुनेछ । आन्दोलन परिचालनका लागि सातै प्रदेशमा आन्दोलन परिचालन समिती गठन गरिएको पत्रकार सम्मोलनमा जानकारी दिइएको छ ।

राजधानीमा भोली ४ बजे लगनखेल बसपार्कमा विशाल सभा गरिने संयुक्त आन्दोलन परिचालन समितीका संयोजनक ज्ञानेन्द्र शाहीले जानकारी दिए । प्रधानमन्त्री शेर बहादुर देउवा र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका कारण देश उपनिवमा फस्न लागेको शाहीको आरोप थियो । उनले कुनै पनि हालतमा हाम्रा पिता प्र्खाले रगत बगाएर बनाएको देश कुनै पनि योगदान नगरेहरुले पराधिन बनाउन नदिने उद्धघोष गरे । यो देश बनाउन ज्ञानेन्द्र कार्की र देउवाको के योगदान छ भन्दै शाहीले संसद बैठक बस्ने दिन २३ गते राजधानीका नागरिकले संसद भवन घेर्ने बताए ।

उनले नेताहरु जहाँ जहाँबस्छन् सोही स्थानमा घेरा हाल्ने बताउँदै देश बेचुवा गद्धारहरुलाई कुनै पनि हालतमा बाँकी नराख्ने घोषणा समेत गरे । ७२ सालको संबिधान भन्दा माथि हुने गरि कुनै पनि सम्झौता गर्न नहुने तर्क गर्दै उनले अमेरिका पसेको कुन देश आज सुरीक्षत छ भन्दै देश जोगाउने हो भने एनजियो आइएनजियो लखेट्नु पर्ने बताए । संयुक्त आन्दोलनमा केशर बहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल र पशुपति खड्का नेतृत्वको दरवार निकटको शाही युवा शक्ति नेपाल लगायत अभियन्ताहरु पनि रहेको शाहीले जानकारी दिए ।