एमसीसी पास गर्ने नेतालाई भौतिक कारबाही गर्ने विर गोर्खालीको चेतावनी ।

0
1528

विर गोर्खाली अभियानका अभियन्ता वसन्त विक्रम पाण्डेले एमसीसी पास गर्ने नेतालाई भौतीक कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल पुकारसँगको कुराकानीमा पाण्डेले विर गोर्खालीहरु एमसीसी पास हुन्छ या हुँदैन पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । यदि पास भएमा एमसीसीका मतियारहरुलाई घर घर पसेर भौतीक कारबाही गर्ने बताएका हुन् ।

नेताहरुको घरको बिवरण संकलन भैसकेको र एमसीसी पास भयो भन्ने बित्तिकै आक्रमण गर्ने उनले बताएका हुन् । नेताहरुलाई कालोमोसो र जुत्ताको माला लगाएर सामाजिक वहिष्कार गर्नु पर्ने र त्यसको नेतृत्व विर गोर्खाली अभियानले गर्ने उनको धारणा छ । देशमा संकट आउन लागेकै हो भने पुर्व राजा किन नबोलेको भन्ने प्रश्नमा पाण्डेले राजा अभिभावक भएकोले बोलीहाल्न नमिल्ने तर आम नागरिक अभिभावक खोज्दै निर्मल निवास जानु पर्ने बेला आएको बताए । यहि अवस्था रहिरहने हो भने ईतिहासले अहिलेका पुस्तालाई धिक्कार्ने बताए । पाण्डेसँगको कुराकानी नेपाल पुकार युट्युवमा हेर्न सक्नुहुनेछ ।