४बजे संसद बैठक बस्दै,संसद भवन घेरा हाल्ने अभियन्ताको घोषणा ।

0
544

संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक आज अपरान्ह ४ बजे बस्दैछ। आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । एमसीसीका बिपक्षीहरुले आजै संसद भवन घेरा हाल्ने बताएका छन् ।

बिषेश गरी बिभिन्न अभियान चलाउँदै आएकाहरु आजको संसद बैठकबाट एमसीसी टेवल हुने अनुमानका आधारमा सडक आन्दोलनमा होमिन लागेका छन् । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही,बिद्यार्थी हेमराज थापा,हाम्रो टिम नेपाल,राष्ट्रिय शक्ति नेपाल,शाही युवा शक्ति नेपाल लगायत अन्या २२ दलले पनि आज माईतिघरमा भेला भई संसदभवन पुगेर घेरा हाल्ने बताएका छन् । संसद भवन कब्जा गर्न उपत्यका बाहिरबाट पनि हजारौ नागरिक राजधानी आएको अभियन्ताहरुले बताएका छन् ।

बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । कार्यसूची अनुसार १९ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृत लागि सदनमा पेस गर्ने छन् भने सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेस गर्ने छन् । यस्तै गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेस गर्ने कार्यसूची छ । यता कानुनमन्त्री ज्ञानेन्द्र कार्की यौन हिंसा, फौजदारी कसुर सम्बन्धी अध्यादेश पेस गर्ने कार्य सूची छ । यस्तै अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेस गर्ने छन् ।

suchi1-converted