नेपाल वायुसेवा निगमको जाहाज आजदेखि बैंग्लोर जाने

0
852

१५ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैंग्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए३२०-२०० जहाजले ९० यात्रु बोकेर दिउँसोnac १२ः४५ बजे बैंग्लोरतर्फ उड्दैछ ।

काठमाडौं-बैंग्लोर उडान निगमले २००६ मा बन्द गरेको थियो । जहाज अभावमा बन्द गरिएको उडान एयरबस आएसँगै सुरु गरिएको हो । निगमले बैंग्लोर सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

बैंग्लोरका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित १० हजार ९२ रुपैयाँ तोकेको छ । विदेशी यात्रुले भने यो शूल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ । बैंग्लोरबाट विदा मनाउन नेपाल आउने र नेपालबाट बैंग्लोर जाने यात्रुहरुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले पहिलो उडानमा बैंग्लोरबा ३३ यात्रु लिएर फर्किने छ ।

nac

निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ । यहाँ निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी गरिरहेको छ । मुम्बई निगमका लागि पोटेन्सियल गन्तव्य हो ।