ज्ञानेन्द्र शाहीको कार्यक्रम विथोल्ने प्रयास,प्रहरीसँग झड प, युवासंघका १० जना घा ई ते ।

0
865

संसद भवन घेराउ गर्न धर्नामा बसेका ज्ञानेन्द्र शाही लगायतका अभियन्ताहरुको संयुक्त विरोध कार्यक्रम बिथोल्ने प्रयास भएको शाहीले बताएका छन् । बबरमहल पुलबाट सुरु भएको एमसीसी बिरोधी जुलुस वानेश्वरमा पुग्नु अघि युवा संघको कार्यालय अघि पुग्दा एमाले अध्यक्ष ओली बिरुद्ध चर्को नारा लागेको थियो ।

आफ्नो पार्टी अध्यक्ष बिरुद्ध गाली गलौज गरको भन्दै युवासंघका कार्यकर्ताले शाहीले नेतृत्व गरेको जुलुसलाई प्रतिकार गर्न खोज्दा प्रहरी सँग झडप समेत भएको थियो । प्रहरीले युवासंघका कार्यकर्ता माथि बल प्रयोग गर्दा १० जना भन्दा धेरै घाईते भएको युवासंघका अध्यक्ष किरण पौडेलले नेपाल पुकारलाई जानकारी दिनुभयो । आफ्ना पार्टीका शिर्ष नेतालाई गाली गरेको भन्दै युवा संघका कार्यकर्ताहरुले के पी बा जिन्दाबाद भन्दै नारावाजी गरेका थिए । राजावादीको जुलुसले पार्टी अध्यक्ष ओलीको तस्विर देखे पछि युवासंघका कार्यकर्तालाई उत्तेजित बनाउने उद्धेश्य स्वरुप कार्यालय अगाडी नारावाजी भएको पौडेलको भनाई छ ।

त्यसैगरी प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद साप्कोटाले मनोमानी गरेको भन्दै युवा संघले संसद भवनको चारै वटा गेट अगाडी कालो बेलुन उँडाएको छ । सभामुखको बिरोधमा युवासंघले गरेको सांकेतिक बिरोधका क्रममा केन्द्रिय सचिव सहित ३ जना पक्राउ परेको अध्यक्ष पौडेलले जानकारी दिए । सचिव महाराज गुरुङ सचिवालय सदस्य मन्दीप क्षेत्री र केन्द्रिय सदस्य कविन राउत पक्राउ परेको पौडेलले जानकारी दिए । हिरासतमा रहेका युवासंघका नेताहरुको तत्काल रिहा गर्न पौडेलले माग गरेका छन् । तत्काल रिहा नगरे युवा संघले भोली देखि कडा संघर्ष गर्ने जनाएको छ ।