देशका योद्धाले नकाव लगाएर गर्यो राजधानीमा मार्च पास ।

0
831

एमसीसीको बिरोधमा राजधानीमा देशका योद्धाले सडक प्रदर्शन गरेको छ । राजधानीको अनामनगरबाट सुरु भएको मार्च पास बबरमहल,माईतिघर,हुँदै बानेश्वरमा पुगेर धर्नामा परिणत भएको थियो । देशका योद्धाहरुले प्रदर्शन गरिरहँदा भारी बर्ष भए पनि युवाहरु पानीमा भिजेरै एमसीसी बिरुद्ध प्रदर्शन गरिरहेका थिए ।

देशका योद्धा समुहमा आवद्ध युवाहरुले नकाव लगाएर राजधानीमा मार्च पास गरेका थिए । मार्च पासको कार्यक्रम एमसीसी फिर्ता नभए सम्म जारी रहने अभियन्ता हेमराज थापाले जानकारी दिएका छन् । बिभिन्न समुहसँगको कायगत एकता गरेर देशका योद्धा युवाको समुह जन्मीएको थापाले जानकारी दिए । उक्त समुहमा १०० ग्रुप,हाम्रो टिम नेपाल,हेमराज थापा,युवक संगठन लगायतका समुह मिलेर देशका योद्धा समुह बनेको बिमल पन्तले जानकारी दिए । राष्ट्र संकटमा परेका बेला युवाहरुले योगदान दिनु पर्ने र त्यसका लागि आफुहरु बारुद्ध बन्न पनि तयार रहेको बब्लु गुप्ताले बताए । देशका योद्धाले भोली साँझ ५ बजे माईतिघरमा प्रदर्शन गर्ने र शनिवार ११ बजे बिशाल प्रदर्शन गर्ने जानकारी दिएको छ ।