लिम्बुवानको बन्दले पुर्वको जनजिवन ठप्प

0
459

१५ भदौ,  संघीय लिम्बुवान पार्टी नेपालले आहृवान गरेको बन्दका कारण मंगलबार पनि पूर्वको जनजीवन प्रभावित बनेको छ ।

लिम्बुवानको बन्दले पुर्वको जनजिवन ठप्प
लिम्बुवानको बन्दले पुर्वको जनजिवन ठप्प

अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले सोमबार र मंगलबार पूर्वका नौ जिल्लामा दुई दिने आमहड्तालको आहृवान गरेको हो ।

बन्दले पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभवित बनेको छ । ती क्षेत्रमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी-साधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षणसंस्था ठप्प छन् ।