प्रधानसेनापतिले खाए सपथ,राष्ट्रपतिबाट लगाए सेनापतिको फुलि ।

0
823

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । साथै शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन् ।अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् ।

शर्मा प्रधानसेनापति बने पछि आर्मी हेडक्वाटरमा खुसियाली छाएको छ । आर्मी भित्रको भ्रष्ट्राचार अनियमितता र खोकनामा सेनाले अधिग्रहण गरेको फास्टट्रयाकको जग्गा ठेकेदारको नाममा गएको लगायतका बिषय छानविन हुने भए पछि हेडक्वाटरमा खुसियाली छाएको हो । शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।भदौ १० गतेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा पदोन्नती गरी प्रधान सेनापति नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । हाल शर्मा कायम मुकायम प्रधान सेनापति छन् ।