फतिमा र एमाले अध्यक्ष ओली बिच बालकोटमा भेटवार्ता ।

0
624

एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ । टोलीले ओली निवास बालकोट पुगेर एमसीसी मार्फत नेपालको बिकासमा पुर्याउन लागिएको योगदानको बिषयमा छलफल भएको थियो । ओलीसँगको भेटपछि टोली याक एन्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

यस्तै टोलीले भोलि शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली नेपालको चार दिने भ्रमणका लागि आज बिहीवार बिहान काठमाण्डौ आइपुगेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमो मुल गेटमा उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा स्वतन्त्र राष्ट्रिय अभियानका अभियन्ताहरुले एमसीसीको बिरोधमा नारावाजी गरेका थिए । त्यस क्रममा १५ जना लाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने राजधानीको पुतली सडकबाट पनि ४ जनालाई नियन्त्रण लिएको थियो । आज दिन भर राजधानीका बिभिन्न स्थानमा फातिमाको बिरोधमा कालो झण्डा देखाउने गतिबिधि भैरहेको छ भने युवाहरु पक्राउ पर्ने क्रम पनि जारी रहको छ ।