वालुटारमा सत्ता गठबन्धनको बैठक एमसीसी बारे धारणा बनाउने ।

0
439

एमसीसी उपाध्यक्षको नेपाल भ्रमण सुरु भएकै दिन सत्ता गठबन्धनका ५ दलको बैठक बालुवाटारमा बसिरहेको छ । उपाध्यक्ष फतिमाले भोली सत्ता गठबन्धनका दलहरुका नेताहरुसँग छलफल गर्ने र सो छलफलमा एमसीसी बारे के जवाफ दिने भन्ने बिषयमा आधिकारीक धारण बनाउन बैठक केन्द्रित भएको बुझिएको छ ।

सरकार बनेको २ महिना हुन लाग्दा पनि मन्त्रीपरिषद् विस्ता हुन नसकेको भन्दै आलोचना भैरहेका बेला मन्त्री परिषद् विस्तार गर्ने सम्बन्धमा पनि छलफल हुने एक नेताले बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बताइन् । उनका अनुसार बैठकमा एमालेले संसद अवरुद्ध पारेपछिको अवस्थाबारे पनि समीक्षा भएको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने विषयमा धारणा राखेका थिए । आजको बैठकमा गठबन्धनका नेता उपेन्द्र यादवको भने सहभागिता रहेको थिएन । उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताइएको छ ।