एमसीसी बिरुद्ध बोले रवि लामिछाने,स्टाटसमा लेखे यस्तो कुरा ।

0
571

चर्चित सञ्चारकर्मी रवि लामिछानेले अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा रवि लामछिाने एमसीसीको बिषयमा नबोलेको भन्दै आलोचना भए पछि लामिछानेले आफ्नो फेसबुक स्टाटस मार्फत आम नागरिकलाई जवाफ दिएका हुन् ।

रविले फेसबुकमा लेखेका छन् एमसीसी बारे अन्य ब्यक्तिहरु नबोल्दै आफुले सार्वजनिक रुपमै धारणा राखेको स्म्रण गराउँदै सम्झौताका केही बुँदाहरु सम्सोधन नगरी पास गर्न नुहने पक्षमा आफु रहेको बताएका छन् । एमसीसीले दिएको जवाफमा सम्झौता नेपालको संबिधानभन्दा माथि छैन भन्ने जवाफ आएको छ त्यसो हो भने त्यही कुरा संशोधन गर्न के आपत्ति भयो भन्दै रविले प्रश्न गरेका छन् । यहि अवस्थामा म एमसीसीको बिपक्षमा छु भोली शंसोधन भयो भने धारणा फेरौला हालको अवस्थामा एमसीसी स्विकार्न सकिँदैन भन्दै रविले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।