संसदमा आज पनि रमिता,जनप्रतिनिधीको थलो आन्दोलनको अखडा बन्यो ।

0
509

प्रतिनिधि सभाको बैठक सुरु हुना साथ एमालेका सांसदहरुले अबरोध गरेका छन् । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ सभामुख बिरुद्ध नारावाजी गर्दै अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।

सभामुखले पटक पटक संसद सञ्चालन नियमावली अनुसार कारबाही गर्ने संकेत गर्दा पनि एमालेका सांसदहरुले नारावाजी गर्न छाडेका थिएनन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ । पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो ।आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ । संसद बैठक १५ मिनेटका लागि स्थिगित गरिुको छ । यो बिचमा संसद सुचारु गराउन बिपक्षी दल एमालेसंग छलफलको प्रयास गरिने बुझिएको छ ।