देशका योद्धा र ज्ञानेन्द्र शाही बिच सहकार्य,शनिवार माईतिघरमा विशाल सभागर्ने ।

0
669

एमसीसी उपाध्यक्ष फातिमा सुमारको भ्रमण बिथोल्न सक्रिय रहेका युवाहरु बिच सहकायृको घोषणा भएको छ । रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमार्फत देशका योद्धा नाम दिइएको समुह र हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही बिच भोली शनिवार संयुक्त सभा गर्ने घोषण गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै शाहीले देश जोगाउने या उपनिवेश हुन दिने यो नै अन्तिम र निर्णयक समय भएको धारणा राखेका थिए । उनले शानिवार दिउँसो १ बजे माईतिघर मण्डलामा हुने बिरोध सभामा सहभागी हुन सम्पुर्ण देश भक्त नागरिकलाई आग्रह गरेका छन् । शाहीले अहिले पाटी भन्दा माथि उठेर देश नजोगाए भोली कहाँ राजनिती गरौला भन्दै प्रश्न गरेका थिए । अमेरिकी सेनाको बुटले कुल्चदा हुने पिडा र स्वाभिमान गुम्न नदिन हरेन नेपाली सडकमा आउनु पर्ने शाहीको धारणा थियो । शनिवार देशैभरबाट देशभक्त नागरिक माईतिघर आउने शाहीले दावी गरेका छन् । हामी देशका योद्धा नो एमसीसी लेखिएको कालो टिसर्ट लगाएर मुखमा कालो फेटा बाँधेर नकावधारी युवाले बिरोध प्रदर्शन गर्ने देशका योद्धाले योजना बनाएको छ ।