फातिमालाई ज्ञापन पत्र बुझाउन होटल भित्रै पस्यो स्वागत नेपालको टिम ।

0
5481

४ दिने नेपाल भ्रमणको क्रममा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई ज्ञापन पत्र बुझाउन नक्साल स्थित होट म्यारियटको कोठा बुक गरेर आफु लगायत करिव २ दर्जन देश भक्त युवाहरु होटल बसेको स्वागत नेपालले बताएका छन् । नेपाल पुकार संगको फोन सम्बादमा स्वागत नेपालले आफुहरु जे बोल्छौ सोही काम गर्ने भएकाले होटलको कोठा नै बुक गरेर ज्ञापन पत्र बुझाउन लागेको बताए । बाहिर ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र आफुहरुलाई पक्राउ गर्न सक्ने नेपालले बताए ।

आफुहरु एमसीसी र फातिमा बिरुद्ध नारावाजी गर्ने तयारीमा रहेको बताए । उन्नत लोकतन्त्र पार्टीले उपाध्यक्ष पातिमाले होटलबाटै एमसीसी नेपालमा कार्यान्वयन नगरिने घोषणा गर्नु पर्ने आफुहरुको माग रहेको बताएका छन् । भरखरै स्वागत नेपाल र उनको पार्टीले फेसबुकमा समेत फातिमालाई ज्ञापन पत्र बुझाउने सम्बन्धमा गरेको तयारीका बारेमा जानकारी दिएका छन । उनले स्टाटसमा लेखेका छन् । होटेल मेरियट प्रवेश गरिसक्यौं हामी यतिबेला तत्काल फातिमाले एमसीसी प्रस्ताव खारेज भएको घोषणा गरुन्न हामी जे बोल्छौं त्यो गछौं । हामी उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपाल (आइएनसी) का स्वाधीनता सेनानीहरु हौं ।

हामी एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार बसेको होटेल मेरियटभित्रै प्रवेश गरिसकेका छौं । हामीले भने बमोजिम भौतिक रुपमा प्रत्यक्ष विरोध जनाउन हामी यहाँ यो होटेलभित्र प्रवेश गरेका हौं । हामी अहिले यहाँ २ दर्जनको संख्यामा छौं । अब हामी फातिमालाई भौतिक उपस्थितिमै नेपालबाट एमसीसी आफैँ खारेज गर्न पत्र दिने छौं । उहाँले असहमति जनाएमा बाँकी थप सोही अनुसार हाम्रो प्रतिक्रिया हुनेछ । हामी उहाँलाई नेपाल आएका बेला आफैँ नेपालको सार्वभौमिकता र स्वाधीनता विरोधी एमसीसी प्रस्ताव खारेज भएको घोषणा गर्न पुनः आह्वान गर्दछौं । यो अमेरिकी राष्ट्रपतिका लागि बेग्लै विरोध पत्र समेत दिने तयारीमा छौं । सो पत्र बुझेर उहाँले एमसीसी प्रस्ताव खारेजीको आफैँ घोषणा गर्ने विश्वास लिएका छौं । जबरजस्ती नेपाली स्वाधीनता र सार्वभौमिकता विरुद्ध एमसीसी पास गर्न नेपालमा हुने गतिविधि विरुद्ध नेपाली जनताले गर्ने प्रतिकारको जिम्मेवार उहाँहरु स्वयम हुनु पर्नेमा पनि हामी सचेत गराउन चाहन्छौं ।