माईतिघर बानेश्वर सडक युवाको कब्जामा,MCCबिरुद्ध चर्कियो आन्दोलन । ( फोटो सहित)

0
670

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार काठमाडौंमा युवाले ब्यापक प्रदर्शन गरेका छन् । देशका योद्धा नामक युवाको समुहमा मिलेका अभियन्ता देखि दलका प्रतिनिधीहरुको समुहले आन्दोलन गरेको हो । विरोध प्रदर्शनमा भाडावाल सरोकार समाजलगायतका विभिन्न संस्थाको पनि सहभागीता रहेको थियो ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निषेधित् क्षेत्र तोड्न खोजे पछि प्रहरी सँग झडप भएको थियो । झडमा परि दर्जनौ घाईते भएको देशका योद्धाले जानकारी दिएको छ । सो प्रदर्शनमा अभियन्ता ज्ञानेन्द्र शाही पनि घाईते भएका र उनको ट्«मा सेन्टरमा उपचार गरिएको थियो । विरोध सभामा सहभागी भएकाहरुले प्रधानमन्त्री शेर बहादुर देउवा र एमसीसी उपाध्याक्ष फातिमा सुमार बिरुद्ध चर्को अक्रोश पोखेका थिए । उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । हामी देशका योद्धा नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए ।

ज्ञानेन्द्र शाही घाईते,ट्रमा सेन्टरमा उपचार । स्वतन्त्र युवाले आयोजना गरेको एमसीसी बिरोधी आन्दोलनमा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही घाईते भएका छन् । जुलुसको नेतृत्व गरिरहेका भ्रष्ट्राचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाही प्रहरीको लाठी र बुट प्रहारबाट घाईते भए पछि उनको ट्रमा सेन्टरमा उपचार गरिएको छ ।

उनको हात,खुट्टा र ढाडमा चोट लागेको छ । उपचार गराईरहेका शाहीले प्रहरी दमनलाई परास्त गर्न अझ ठुलो आन्दोलनको आँधी ल्याउने बताउँदै आफुहरुको आत्मबल कम्जोर नभएको प्रतिकृया दिए । दिउँसो १ बजे माईतिघरबाट सुरु भएको विरोध जुलुस बबरमहल हुँदै बानेश्वरमा पुग्दा प्रहरीसँग झडपमा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागी भएकाहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमार र प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्ध नारावाजी गरेका थिए । जुलुसमा सहभागी भएका हजारौ आक्रोशीत युवाले निषेधित् क्षेत्र तोड्न खोजे पछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । आन्दोलनकारीहरुले प्रहरीलाई ढुङगा प्रहार गरे पछि प्रहरीले लाठी चार्ज गरेको थियो त्यस क्रममा दर्जनौ आन्दोलनकारी घाईते भएका छन् भने केही प्रहरी पनि ढुङगा लागेर सामान्य घाईते भए ।