एमसीसी बिरुद्ध शाही युवा शक्तिले निकाल्यो मसाल जुलुस ।

0
1115

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा राजावदी संगठन शाही युवा शक्ति नेपालले शानिवार साँझ मसाल जुलुस निकालेको छ । तारकेश्वर नगर पालिकाको फुटुङ स्थित नाग पोखरीबाट सुरु भएको मसाल जुलुस फुटुङ चोकमा पुगेर सकिएको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जानकारी दिए ।

एमसीसी बिरुद्ध आन्दोलन गर्दै आएको राजावादी संगठन शाही युवा शक्तिले शनिवार साँझ मसाल जुलुस निकाल्दा गृह प्रशासनले पत्तै पाएन । गृहमन्त्रालयले एमसीसी सम्झौताको बिरोध नगर्न उर्दि जारी गरे पनि आन्दोलन रोकिएको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणका क्रममा उनको भ्रमण बिथोल्न बिभिन्न राजनितीक दल देखि अभियन्ताहरु सडक प्रदर्शनमा लागि रहेका बेला शाही युवा शक्ति नेपालले राजधानकिो उत्तरी भेगमा रहेको फुटुङमा मसाल जुलुप निकालेको हो । उता प्रहरीले भने मसाल जुलुस निकाल्नेहरुको खोजी भैरहेको बताएका छ ।