मन्त्रीपरिषद आजै विस्तार गर्ने सत्ता गठन्धनको तयारी, बैठक जारी ।

0
434

सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनका ५ दलको शीर्ष नेताहरुको बैठक बसीरहेको छ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बबसीरहेको छ ।गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरुको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने सत्ता गठबन्धनका नेताले नेपाल पुकारलाई जानकारी दिए।

गोन्जालोको निधन प्रति प्रचण्डले गरे दुख ब्यक्त । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि ब्यक्त गरेका छन् ।

पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका थिए । जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको थियो । गोन्जालोले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति अवलम्बन गरेका थिए । सोही रणनीति प्रचण्ड नेतृत्वको माओवादीले जनयुद्धमा पनि अपनाइएको थियो । हाल नेपालमा जसरी प्रचण्डलाई १७ हजार मान्छे मारेको अभियोगमा जेल हाल्नु पर्छ भन्ने आवाज उठि रहेको छ पेरुमा पनि गोन्जालोलाई जनताको दवावमा जेल हालिएको थियो ।