२५ दिनमै ढल्यो बागमती सरकार, मुख्य मन्त्रिमा पाण्डे र बानियाको दाबि ।

0
512

बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । यद्यपि मुख्यमन्त्रीको विषयमा भने टुङ्गो लागि सकेको छैन। नेकपा एमालेबाट प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकाले विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित भएको हो ।

गत भदौ २ गते नेकपा एमालेको एकता जोगाउन भन्दै एमालेले मुख्यमन्त्री परिवर्तन गरेको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि एमालेबाटै शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो। तर, शाक्य मुख्यमन्त्री बनेको एक सातामै एमाले विभाजन भई प्रदेश सरकार अल्पमतमा परेको हो । एमालेले ५६ सांसद्का एकल बहुमतको सरकार गठन गरे पनि दल विभाजनसँगै एमालेका १३ जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि प्रदेश सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा अब एमालेसँग ४३ सांसदमात्र रहेका छन् ।५ दलिय गठबन्धन सहितको विपक्षी गठबन्धनले प्रदेशसभामा बहुमत प्राप्त गर्ने देखिन्छ ।

मुख्यमन्त्रीमा ईन्द्रबहादुर बानियाँ र राजेन्द्र पाण्डेको दाबी,बागमती प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेकाले गठबन्धनले प्रदेश सरकारको नेतृत्वका लागि पहल सुरु गरेको छ । गठबन्धनले नयाँ सरकार बनाउन तयारी गरेसँगै मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि गरेका छन् । केन्द्रीय नेतृत्वसँग उनीहरुले आ–आफ्नो दाबी गरिरहेका छन् ।

नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले देशका २ वटा प्रदेशमा एकै पटक गठबन्धनको सरकार बन्ने भएकाले काँग्रेसले ती दुईमध्ये कुनै एक प्रदेशमा सरकारको नेतृत्व गर्ने नेपाल पुकारलाई बताए ।प्रदेश १ र बागमती प्रदेशमध्ये नेपाली काँग्रेसले कुनै एकमा र अर्कोमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने समेत उनले बताय ।नेकपा एमाले विभाजन भएसँगै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् भने ईन्द्र बहादुर बानियाँ केन्द्रीय नेतृत्वले जिम्मेवारी दिने भन्दै आफ्नो पनि दाबी रहेको बताउँछन् ।संसद् अधिवेशन अन्त्य भएको बेलामा बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभाको विषेश अधिवेशन माग गर्ने भनाई उनीहरुको छ ।