१५ भदौ
महोत्तरीमा कांग्रेस पार्टी कार्यालय तोडफोड भएको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन्। बिहान पार्टी कार्यालयमा पुगेर मोर्चाका कार्यकर्ताले कागजात आफ्नो नियन्त्रणमा लिएर तोडफोड गरेका हुन्।
तोडफोडमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रहरीले उनीहरुलाई भगाउन अश्रुग्यास हानेको छ। झडपले महोत्तरीको स्थिति तनावग्रस्त बनेको छ।
यसअघि सोमबार मधेसी मोर्चाका कार्यकर्ताले राजविराज नपा ८ स्थित १ नं. नापी टोली शाखा कार्यालयमा जलाएका थिए।