एमसीसी उपाध्यक्षलाई कालो झण्डा,आन्तरिक राजनितीमा हस्तक्षेप नगर्न चेतावनी ।

0
629

एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई २२ दलिय मोर्चाले कालो झण्डा देखाएर बिरोध गरेको छ । दरबारमार्ग स्थित एमसीएको मुख्य कार्यालय रहेको होटल याक एण्ड यती अगाडी प्रदर्शन गर्न गएका मोर्चाका नेता कार्यकर्ताहरु प्रहरीको अवरोध पछि महेन्द्र शालीकमा पुगेर नारावाजी गर्दैैं बिरोध गरेका थिए ।

उनिहरुले कालो झण्डा देखाउँदै गो ब्याक फातिमा भन्दै नारावाजी गरेका थिए । त्यसक्रममा नेपालका लागि नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले फातिमाको भ्रमणका समयमा नेपालका राजनितीक दलका शिर्ष नेतालाई एमसीसी पास गर्न दवाव दिएको भन्दै त्यस्तो कार्यको बिरोध गर्नु परेको प्रतिकृया दिए । नेपालका लागि एमसीसी जरुरी नभएको तर्क गर्दै भण्डारीले हामीलाई अफ्गानिस्तानको जस्तै हालत बन्न मन छैन भन्दै २२ दलिय मोर्चा आन्दोलनमा उत्रिएको बताए ।

बिरोध कार्यक्रममा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीको भातृसंगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफूहरु देशका लागि रगत बगाउन तयार रहेको धारणा राख्दै फातिमा बसेको होटल मरियोट सम्म नारावाजी गर्दै जाने घोषणा गरेका थिए । आक्रोशीत युवाहरुको जुलुस हात्तिसार पुगे पछि प्रहरीले रोकेको थियो । ४ दिने नेपाल भ्रमण सकेर फातिमाको टोली आज साँझ ८ बजे अमेरिका फर्कने कार्यक्रम छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार काठमाडौंमा युवाले ब्यापक प्रदर्शन गरेका छन् । देशका योद्धा नामक युवाको समुहमा मिलेका अभियन्ता देखि दलका प्रतिनिधीहरुको समुहले आन्दोलन गरेको हो । विरोध प्रदर्शनमा भाडावाल सरोकार समाजलगायतका विभिन्न संस्थाको पनि सहभागीता रहेको थियो ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निषेधित् क्षेत्र तोड्न खोजे पछि प्रहरी सँग झडप भएको थियो । झडमा परि दर्जनौ घाईते भएको देशका योद्धाले जानकारी दिएको छ । सो प्रदर्शनमा अभियन्ता ज्ञानेन्द्र शाही पनि घाईते भएका र उनको ट्«मा सेन्टरमा उपचार गरिएको थियो । विरोध सभामा सहभागी भएकाहरुले प्रधानमन्त्री शेर बहादुर देउवा र एमसीसी उपाध्याक्ष फातिमा सुमार बिरुद्ध चर्को अक्रोश पोखेका थिए । उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । हामी देशका योद्धा नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए ।

ज्ञानेन्द्र शाही घाईते,ट्रमा सेन्टरमा उपचार । स्वतन्त्र युवाले आयोजना गरेको एमसीसी बिरोधी आन्दोलनमा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही घाईते भएका छन् । जुलुसको नेतृत्व गरिरहेका भ्रष्ट्राचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाही प्रहरीको लाठी र बुट प्रहारबाट घाईते भए पछि उनको ट्रमा सेन्टरमा उपचार गरिएको छ ।

उनको हात,खुट्टा र ढाडमा चोट लागेको छ । उपचार गराईरहेका शाहीले प्रहरी दमनलाई परास्त गर्न अझ ठुलो आन्दोलनको आँधी ल्याउने बताउँदै आफुहरुको आत्मबल कम्जोर नभएको प्रतिकृया दिए । दिउँसो १ बजे माईतिघरबाट सुरु भएको विरोध जुलुस बबरमहल हुँदै बानेश्वरमा पुग्दा प्रहरीसँग झडपमा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागी भएकाहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमार र प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्ध नारावाजी गरेका थिए । जुलुसमा सहभागी भएका हजारौ आक्रोशीत युवाले निषेधित् क्षेत्र तोड्न खोजे पछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । आन्दोलनकारीहरुले प्रहरीलाई ढुङगा प्रहार गरे पछि प्रहरीले लाठी चार्ज गरेको थियो त्यस क्रममा दर्जनौ आन्दोलनकारी घाईते भएका छन् भने केही प्रहरी पनि ढुङगा लागेर सामान्य घाईते भए ।