संसद अबरोध खुलाउन सभामुखले बोलाए सर्वदलिय बैठक

0
409

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक भोलि दिउँसो साढे २ बजे संसद भवनमै बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् । एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् भने त्यसअघि सहमतिको पहल भए पनि एमालेले संसद चल्न नदिने निणर््ाय गरेको थियो । एमालेको संसदिय दलको बैठकले संसद चल्न नदिने निर्ण गरेको हो बैठकमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले १४ जना सांसद माथि गरिएको कारबाही कार्यान्वयन नभए सम्म बैठक सुचारु हुन नदिन सांसदहरुलाई निर्देशन दिएका थिए । केही सञ्चार माध्यममा आए जस्तो सभामुखलाई माईकले हान्ने आफुहरुको कुनै योजना नरहेको पनि ओली बताएका थिए ।